Skip to main content

Posts

Showing posts from March, 2021

युरेनियम

   युरेनियम  परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो। युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए। लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ। युरेनियम २३५ र २३८ गरी २ प्रकारको हुने गर्छ। प्रशोधन गरिएको युरेनियम २३५ हो भने प्रशोधन नगरिएको २३८ हो। ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ। युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ। युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो। युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन। यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ। दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो। सन् १९४५ युरेनियम-२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम-२३८ बाट परिमार्जित गरी...