हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा देखिने यी छ लक्षणबारे थाहा भएमा हृदयघात हुने सम्भावना रहे अगाडिदेखि नै सावधान भई सतर्कता अपनाउन सकिन्छ । छातीमा असहज महसुस हुनुः यो हर्ट अट्याकका लागि जिम्मेवार लक्षणमध्ये एक हो । छातीमा हुने कुनै पनि प्रकारको असुविधाले मुटुलाई समस्यामा पार्न सक्छ । विशेषगरी छातीमा दबाब तथा जलन महसुस भएमा वा छातीमा कुनै प्रकारको परिवर्तन वा असुविधा महसुस भए तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ । थकान : कुनै कडा परिश्रम वा कामविना थकित भए पनि हृदयघातको एक सङ्केत हुन सक्छ । कोलेस्ट्रोलको कारण मुटुको धमनीहरू बन्द वा सङ्कुचित हुन्छन्, तब हृदयले कडा परिश्रम गर्नुपर्छ, जसकारण केही काम नगरी चाँडै थकान हुन्छ । रातमा राम्रो मात्रामा निद्रा प्राप्त गरे पनि, अल्छी र थकान महसुस हुन सक्छ । सुन्निने समस्या : हृदयले शरीरको सबै आन्तरिक अङ्गमा रगत पठाउन कडा परिश्रम गर्नुपर्ने हुँदा, रगतका नली फुलिन्छन् र सुन्निने सम्भावना बढ्दै जान्छ । यसको प्रभाव...

Comments
Post a Comment