बैतडीको दोगडाकेदखार गाउँपालिका- ७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको ह’त्या भएको थियो ।२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको श’व लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फे’ला पारेका थिए ।भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको श’व देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर श’व कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको श’व उठाइएको थियो । घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोका चिकित्सक आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि श’व जिल्ला अस्पताल बैतडी पठाइएको थियो । पो’ष्टमार्टम रिपोर्टमा भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नल...