बैतडीको दोगडाकेदखार गाउँपालिका- ७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको शुक्रबार ९ दिन पूरा भयो । माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा भागरथीको ह’त्या भएको थियो ।२१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको श’व लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फे’ला पारेका थिए ।भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको श’व देखेपछि अभिभावकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माघ २२ गते रातभर श’व कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको श’व उठाइएको थियो ।
घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), सोका चिकित्सक आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि श’व जिल्ला अस्पताल बैतडी पठाइएको थियो । पो’ष्टमार्टम रिपोर्टमा भागरथीको ब’ला’त्कारपछि ह’त्या भएको पुष्टि भएको छ । पीडित परिवारले अपराधी पत्ता नलागेसम्म श’व नबुझ्ने बताएका छन् । जिल्लाभर भागरथीको ह’त्यारा पत्ता लगाउन आन्दोलन भइरहेका छन् । यता घटनास्थल लवलेक जंगलको नजिकै रहेको खोचलेक बजारमा १ सय भन्दा बढी प्रहरी खटिएका छन् । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी आफै माघ २३ गतेदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । तर पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
घटनामा स्थानीय व्यक्तिकै संलग्नताको आशंका
किशोरीको घर वरिपरी भारतीय सिमकार्डले समेत काम गर्ने भएपनि सीमापारीबाट आएर अपराध गर्न सक्ने सम्भावना ज्यादै न्यून छ । किनभने घटनास्थलबाट यदि हिँडेरै सिमा पार गर्ने हो भने झुलाघाट र पिथौरागढ पुग्न झण्डै ७ घण्टा लाग्छ । त्यसकारण सिमापारीबाट अपराध गर्ने सम्भावना ज्यादै न्यून रहेको प्रहरीको अनुमान छ ।
घटनास्थलको भूगोल र प्रकृति हेर्दा घटना स्थानीय व्यक्तिबाटै भएको आशंका आम सर्वसाधरण र प्रहरीको छ । जुन स्थानमा भागरथीको श’व भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको छ । बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ । पातलो तर अग्ला अग्ला सल्लाका रुखमुनि बनमाराका स-साना बुट्यानहरु घटनास्थलको वरिपरी छ ।
केही खोल्सो परेको स्थानमा भागरथीको श’व भेटिएकाले झण्डै १ दशमलब ५ मिटर उचाइका बनमाराका बुट्यानहरु घटनास्थलमा छ । र, मुख्य सडकबाट करिब ७० मिटरको दुरीमा भागरथीको श’व शरीरमा लगाएको एउटा सर्टमात्रै रहेर अन्य सबै कपडाहरु खोलिएको अवस्थामा फे’ला परेको थियो ।भागरथीको भित्री ब’स्त्रमा र”गत समेत लतपतिएको अवस्थामा उनलाई फे’ला पारिएको थियो ।घटनास्थलको प्रकृति हेर्दा भागरथीलाई कसैले ज’बरजस्ती गर्न खोजेपछि ओरालो बाटो भाग्न खोजेको देखिन्छ । किनभने उनको कपालको केही अंश बाटोबाट करिब १५ मिटरकै दुरीमा भेटिएको थियो । कपालसँगै उनले प्रयोग गर्दै गरेको कपाल बाँध्ने रबर ब्याण्ड पनि फे’ला परेको थियो । यसको सोझो अर्थ भागरथी सडकबाट ओरालो बाटो भाग्ने प्रयत्न गरेका थिए तर उनी सफल भइनन् । अपराधीले उनलाई त्यहाँबाट घिसार्दै करिब ७० मिटर तल पुराएर ब’ला’त्कारपछि ह’त्या गरेको छ ।
घटनास्थल हेर्दा कुनै नयाँ अपराधी आएर घटना गराउन सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण घटनामा संलग्न अपराधी पहिलेदेखि नै बाटो ढुकेर बसेको हुनसक्ने प्रहरीको दाबी छ । जब भागरथीलाई अपराधीले एक्लै देख्यो, त्यसपछि भागरथीसँगै केही समय हिँडेर एकान्त स्थान पुगेपछि आक्रमण गरेको प्रहरीको अनुमान छ । त्यसकारण घटनामा संलग्न अपराधी भागरथीलाई नजिकबाटै चिन्ने व्यक्ति रहेको हुन सक्ने अनुमान प्रहरीको छ ।
अपराधीसँग भागरथीको कुराकानीको सम्भावना न्युन
अपराधीलाई भागरथीले चिनेकै हुन सक्ने निस्कर्षमा प्रहरी पुगेको भएपनि अपराधीसँग भागरथीको कुराकानी भइरहेको सम्भावना भने ज्यादै न्युन छ । किनभने भागरथीको कल डिटेल्स रिपोर्ट (सिडिआर)मा भागरथी र अपराधीबीच पछिल्लो समय कुराकानी भएको देखिएको छैन । भागरथीले प्रयोग गर्ने एनसेल र एनटीसीको मोबाइलमा घटना भएको दिन कोही पनि व्यक्तिसँग कुराकानी भएको पाइएको छैन । यद्यपि भागरथीले प्रयोग गर्ने भारतीय सिम कार्डको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अपराधीले गर्यो चलाखी
अपराधीले भागरथीको ब’ला’त्कारपछि ह’त्या गर्यो । त्यसपछि भागरथीको मोबाइलको सम्पूर्ण डाटा डिलिट गरेको पाइएको छ । किनभने भागरथीको सामान्य किप्याड भएको फोन घटनास्थलमै भेटिएको थियो । तर उक्त फोनको ब्याट्री झिकेर फ्याँकिएको छ । त्यतिमात्रै होइन, अपराधीले भागरथीको मोबाइलको सम्पूर्ण कल लग डिलिट गरिएको अवस्थामा फे’ला परेको थियो । अपराधीको यो हर्कत हेर्दा अपराधी प्रविधिसँग जानकार र चलाख रहेको बुझिन्छ । यो सँगै कल लग सबै डिलिट गर्नुको कारण भागरथी र अपराधीबीच कुनै न कुनै समयमा मोबाइलमा कुराकानी वा म्यासेज आदनप्रदान थियो कि भन्ने आशंका पनि गरिएको छ । अपहरण गरी साँझ ह’त्याको आशंकाअनुसन्धानमा संलग्न प्रहरीका अनुसार घटना माघ २१ गते अपरान्ह २ देखि ३ बजेको समयमै भएको थियो । किनभने उक्त समयमै भागरथीको मोबाइलको स्वीच अफ भएको थियो । त्यसकारण अपराधीले भागरथीको ब’ला’त्कारपछि ह’त्या गरेलगत्तै मोबाइलको ब्याट्री निकालेर फालिदिएको प्रहरीको दाबी छ ।तर घटनास्थल हेर्दा पातलो सल्लाको रुख भएको जंगलमा बनमाराको झाडी पारेर दिउँसै ब’ला’त्कार र ह’त्या गर्न सक्ने सम्भावना ज्यादै न्युन छ । त्यसकारण कतै कुनै व्यक्तिले फकाएर वा अपहरण गरेर दिनभर कतै राखेको र साँझ वा रातिको समयमा घर पुराइदिन्छु भन्दै बाटोमै पुनः बलात्कार गरी प्रमाण खुल्ने डरले हत्या त गरिएको होइन आशंका पनि गरिएको छ ।
पीडित भागरथीका काका शिवराज भट्ट पनि अपराधीले अपहरण गरी दिनभर कतै राखेर ब’ला’त्कार गरेको र साँझ घर पुर्याइदिन्छु भन्दै पुनः ब’ला’त्कार गरी ह’त्या गरेको हुनसक्ने शंका गर्छन् । शिवराजका अनुसार घटनास्थल मानिसहरुको आवतजावत भइरहने स्थान भएकाले अपरान्हकै समयमा त्यहाँ दिउँसै ब’ला’त्कार र ह’त्या गर्ने सम्भावना कम नै देखिन्छ ।
अपराधमा कति जना संलग्न थिए भन्ने अझै खुलेन
घटनाका सम्बन्धमा नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु घटनामा एकै जनाको संलग्नता हो अथवा दुई वा दुईभन्दा बढी व्यक्तिको संलग्नता छ भनेर अझै छुट्याउन नसकिएको बताउँछन् । हाल फरेन्सिक रिपोर्टको पर्खाइमा रहेको प्रहरी त्यसपछि मात्रै घटनामा एकै व्यक्तिको संलग्नता वा धेरै थिए भन्ने यकिन हुने बताउँछन् । प्रहरी अनुसन्धानको महत्त्वपूर्ण कडीका रुपमा ब्यग्र प्रतीक्षा गरिएको भे’जाइनल स्वा’बको रिपोर्ट हेरेपछि मात्रै घटनामा एकै व्यक्ति वा अन्यको पनि संलग्नता थियो भन्ने यकिन हुने प्रहरीको भनाइ छ ।
करियर दाउमा राखेर डिआईजी आफै फिल्डमा
सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी घटनाको पर्सीपल्टदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेका छन् । प्रदेश प्रहरी प्रमुख आँफै यति लामो समय फिल्डमै बसेर अनुसन्धान गरिरहेको सायद यो पहिलो घटना होला । सुरुमै एसपीलाई घटनास्थलमा पठाएका डिआइजी सुवेदी भोलिपल्ट आँफै फिल्डमा उत्रिएका छन् । सामान्य अवस्थामा डिएसपी वा एसपीसम्मलाई यस्ता घटनाको अनुसन्धानमा पठाउने गरिएकामा यसपटक डिआइजी आफै फिल्डमा उत्रनुलाई प्रहरीको शाखका रुपमा समेत हेरिएको छ ।
किनभने अब यसको जस वा अपजस डिआइजी आफैले लिनुपर्ने हुन्छ । र, कञ्चनपुरको निर्मला पन्त ह’त्याका’ण्ड र अनुसन्धानको पुनरावृत्ति नहोस् भनेर भने डिआइजी आफै फिल्डमा खटिएका छन् र प्रमाणका सा–साना अंशलाई पनि यतिबेला सुक्ष्म अध्ययन गरिरहेको छ ।

Comments
Post a Comment